दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको लाइसेन्स पाँच वर्षका लागि थप || Nepal Telecom licence extended for five years

 दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको लाइसेन्स पाँच वर्षका लागि थप । 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकबाट लाइसेन्स अवधि थप गरे निर्णय गरिएको हो । बैठकले दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा ४ बमोजिम पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

टेलिकमको सञ्चालन लाइसेन्स यही लाइसेन्स वैशाख २८ गते सम्मका लागि थियो । २०५६ वैशाख २९ गतेदेखि २५ वर्ष सम्मका कम्पनीले लाइसेन्स पाएको थियो । लाइसेन्स अवधि नवीकरणका लागि कम्पनीले २१ करोड रुपैयाँ भुक्तानी पनि गरेको छ । यसअघि अघिल्लो सम्झौता बापत् बक्यौता रहेको करिब २० अर्ब रुपैयाँ पनि टेलिकमले यसै साता भुक्तान गरेको थियो ।

यता दोस्रो बजारमा सक्रिय कारोबार भइरहेको नेपाल टेलिकमको लाइसेन्स नवीकरणको समाचारले लगातार ओरालो लागेको कम्पनीको सेयरभाउमा केही सकारात्मक लय लिने लगानीकर्ताहरुको अपेक्षा छ ।
Previous Post Next Post