How to submit your savings claim application of Shiba shikhar co-operative online? शिब शिखर शहकारीमा रहेको आफ्नो बचत माग दाबी निवेदन कसरी पेश गर्ने ?Online

 शिब शिखर शहकारीमा रहेको आफ्नो बचत माग दाबी Online निवेदन कसरी पेश गर्ने ?Online 





  • अनलाईन मागदावी निवेदन पेश गर्न सहजताको लागी दियको बुंधा अध्ययन गर्नुहोस र मागदावी सुरु गर्नुहोस लेखियको button मा click गर्नुहोस।  
  • एक व्यक्तीको एउटामात्र आवेदन दिन सकिने भएकोले आफुसंग भएको सबै प्रकारको सबै बचतको विवरण एकै आवेदनमा पेश गर्नुपर्नेछ  तेसैले कुनै पनि खाता नछुटाइ भर्नुहोस्। 


  •  मागदावी निवेदन भर्न दियको रातो button मा click गर्नुहोस।




  • क्लिक गरिसकेपछि फर्म खुल्ने छ फर्म मा  सहकारी र शाखा छान्नुहोस् । आफ्नो व्यक्तिगत विवरण नाम/थर जन्म मिती, आदि भर्नुहोस । यदि तपाई शेयर सदस्य हुनुहुन्छ भन्य शेयर सदस्यता न‌ पनि राख्नुहोस अन्यथा खाली छोड्दिनुहोस 


  • नागरिकतामा उल्लेख भए बमोजिम स्थायी ठेगाना  र हालको ठेगाना राख्नुहोस।


  • माग दाबी बमोजिम को रकम प्राप्त गर्नको लागि आफ्नो खाता रहेको बैंक को खाता नम्बर , नाम  र शाखा उल्लेख गर्नुहोस। साथै  यस अघि माग दाबी निवेदन दर्ता गरेको भय दर्ता नम्बर र दर्ता मिति उल्लेख गर्नुहोस र सुरक्षित गर्दै अर्को पृष्ठमा जानुहोस । 

  • थप विवरण भर्नको लागी आफूसंग सम्बन्धित समुह उल्लेख गर्नुहोस येदि तपाई बचत कर्ता र शेयर सदस्य हुनुहुन्छ भनी दुवै छनौट गर्नुहोस। 
  • बचतकर्ताले नियमित बचत रकम र आवधिक/मुद्दति बचत रकमको बचत खाता नं. अन्तिम बचत माैज्दात रकम माैज्दातको मिति र ब्याजदर (%) उल्लेख गर्नुहोस। 


  • शेयर सदस्य हुनुहुन्छ भन्य शेयर खरिद मिति, शेयर संख्या, प्रति शेयरको मूल्य, पनि उल्लेख गर्नुहोस। 

  •  संस्थाका संचालक कर्मचारी वा निजका परिवारका सदस्यले बचतकर्ताको रकम कुनै कम्पनी संस्था वा आर्थिक कारोवार वा व्यवसायमा प्रयोग गरेको वा सो बाट बढाएको सम्पत्ति सम्बन्धी कुनै तथ्ययुक्त जानकारी तल खुलाउनुहोस् ।
  • आफ्नो मागदाबी सम्बन्धमा थप अन्य केही कुरा भए तल उल्लेख गर्नुहोस्  र  सुरक्षित गर्दै अर्को पृष्ठमा जानुहोस ।


  • मागदाबी पुष्टि हुने कागजातहरु पास बुक,  नागरिकता प्रमाणपत्रको अगाडिको भाग र पछाडिको भाग र आफ्नो हस्ताक्षर अपलोड गर्नुहोस । हस्ताक्षर गर्दा सेतो कागजमा  गरि अपलोड गर्नुहोस। 
  • विभिन्न पास बुक र शेयर धनि प्रमाण पत्र यादि धेरै कागजात भय सबैलाई यौटै pdf फाइल बनाई अपलोड गर्नुहोस। 




  • अपलोड गरिसक्य पछि आर्को पृष्ठमा जानुहोस्। 
  • यस पृष्ठमा  आफुले भर्यको सम्पूर्ण विवरण रुजु गरि ठिक भय नभयको यकिन गर्नुहोस 


  • विवरण ठिक  साँचो हो भनि टिक गर्नुहोस र अन्तिममा पेश गर्नुहोसमा click गरि निवेदन बुझउनुहोस्। 

  • तपाईको मागदाबी निवेदन सम्बंदित कार्यालमा पेश भयो। 


फर्म भर्दा केहि समस्या आयमा कमेन्ट मा लेख्नुहोस। वा  फर्म भरिदिन परेमा हामीलाई म्यासेज गर्नुहोस। 

Message Now 


Watch on Youtube 






Previous Post Next Post